• २०७८ बैशाख ७ गते मङ्गलवार
  • Preeti To Unicode

हामीलाई कानुनी सल्लाहकारकाे आवश्यकता छ : मेयर गाेविन्द पुन


इन्द्र बुढाथोकी / मंसिर १९, सल्यान ।  सल्यान बनगाड कुपिण्डे नगरपालिकाका मेयर गाेविन्द पुनले आफुहरूलाइ कानुनी सल्लाहकारकाे आवश्यकता भएकाे बताएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सल्यानले आयोजना गरेकाे अन्तरक्रिर्या कार्यक्रममा बाेल्दै मेयर पुनले न्याय सम्बन्धी काम गर्न  स्थानीयतहमा कानुनी सल्लाहकार राख्नु पर्ने व्यवस्था गर्न प्रदेश र संघिय सरकारलाइ आग्रह गरेका छन् ।

उनले भने, ‘केहि स्थानीय तहहरूमा (क, ख) पढ्न नसक्ने जनप्रतिनिधिहरू पनि छन् । उनिहरूले न्याय सम्बन्धी काम गर्न सक्दैनन्, त्यसकाे लागि कानुनी सल्लाहकारकाे व्यवस्था गर्नुपर्छ ।’ स्थानीय सरकारलाइ सहयाेग गर्ने भन्दा मान्छेहरू अख्तियारमा मुद्दा हाल्ने तिर अग्रसर भएकाे उनले बताए ।

मानव अधिकारको अवस्था र शिक्षा, स्वस्थ्य, खाद्य, र आवासको अधिकारका सवालमा सरोकारवालाहरुको बीच अन्तरक्रिया कार्यक्रम भएको हाे । स्थानीय स्तरमा महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसंख्यक र जोखिममा परेका समुदायकोआर्थिक, समाजिक र सास्कृतिक अधिकारको संरक्षण, बिशेष गरि शिक्षा, स्वास्थ, खाद्य र आवासको अधिकार सङ्ग सम्बन्धि सरकारी प्राबधानहरुमा पहुँचको वृद्धि र स्थानीय सरकार, स्थानीय सन्जाल तथा निर्णायक प्रतिक्रियाहरुमा सक्रिय सहभागीतामा अभिवृद्धि गर्ने उदेश्यका साथ इन्सेक सल्यान जिल्ला प्रतिनिधि मिना बुढाथोकीले जानकारी दिइन् ।

अन्तरक्रिया कार्यक्रममा प्रभाकर मावि देवस्थलका शिक्षक पुष्कर बिसिले नेपालको संविधानमा व्यवस्था गरेको नि शुल्क शिक्षा सम्बन्धि अधिकार राज्य आफैले शुल्क लिएर कक्षा आठ, एसइई, प्लस टु को परिक्षा फारमको शुल्क लग्ने गरेको बताए । त्यसकारण पनि विद्यालयहरु परीक्षा संचालनको लागि शुल्क लिने गरेको उनले बताएका छ्न । सरकारले आवश्यकता अनुसार शिक्षक व्यवस्थापन नगर्दा विद्यार्थीबाट शुल्क उठाएर विद्यार्थीको सुनौलो भविस्य कोर्ने गरेको बताएका छन ।

औपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक सल्यान सहजकर्ता रामचन्द्र रेग्मीले सहजिकरण गरेकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत मोहन खड्का, वडा अध्यक्ष, कार्यापालिका सदस्य, विषय गत शाखा प्रमुख, कर्मचारी, राजनीति दल, शिक्षक, विद्यार्थी, स्थानीय लगाएको सहभागिता रहेको  थियो ।

प्रकाशित मिति : २०७६ मङ्सिर १९ गते बिहिवार