- गजल
दिउँसै देखेँ आज जून तारा यो कस्तो सपना
दियो मलाई कालले ईसारा यो कस्तो सपना
म उड्दै थिएँ माथी माथी कालो बादल जस्तै
उस्ले भन्दैथिन् आउ प्यारा यो कस्तो सपना
मान्छेहरूको लस्कर थियो मेरो लाशको पछि
‘राम नाम सत्य’ जप्दै नारा यो कस्तो सपना
मेरो देह ढल्दा आत्मा पनि निस्केर जाँदै थियो
निल्यो कालले देह भो आहारा यो कस्तो सपना