मंसिर २०, सल्यान । सल्यानको शंखमुलमा बन्न लागेको शंखपार्कको शिलान्यास गरिएको छ। छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर ६ स्थित शंखमुलमा शंख सहित बन्न लागेको पार्कको शुक्रबार शिलान्यास गरिएको हो।
शंखमुलको नामलाइ सार्थक बनाउन भन्दै सल्यान जिल्लाकै प्रसिद्ध धार्मिक स्थल शंखमुलमा पार्क बनाइ ठूलो आकारको शंख स्थापना गरिने गाउँपालिकाले जनाएको छ।
श्रीस्वस्थानी ब्रत कथामा वर्णण गरिएको छाँयाछेत्र तथा शंखमुल धार्मिक आस्थाको केन्द्र मानिन्छ । सत्य युगमा महादेवले सतीदेवीको मृत शरिर बोकेर विश्व परिक्रमा गर्दा सतिदेबिका बांकी रहेका सम्पुर्ण अंगहरु छायाक्षेत्रमा पतन भइसकेपछि महादेबले सोहि शंखमुलमा नुहाएको जनविश्वास रहेको छ ।
राप्ती लोकमार्ग अन्तरगत दाङ सल्यान सडक खण्डको घोप्टे अम्राइ देखि ५ सय मिटरको दुरिमा उक्त पार्क निर्माण हुन लागेको हो। प्राबिधिक स्टमेट बनाई गाउँकार्यपालिकाको बैठकबाट उक्त पार्क निर्माणको लागि १ करोड १४ लाख ४६ हजार ९ सय २८ रुपैयाँ बिनियोजन गरिएको थियो।
बिनियोजन गरिएको बजेटबाट भ्याट सहित प्राकृतिक निशान जेभी सिद्धार्थनगर रुपन्देहीले ९५ लाख १२ हजार १ सय ८३ रुपैयाँमा उक्त पार्क निर्माण कार्यको जिम्मा लिएको गाउँपालिकाका इन्जिनियर रन्जन चन्दले बताएका छन।
बन्न लागेको पार्कभित्र नेपालकै सबैभन्दा ठूलो शंख राखिने बताएको छ। जसमा ढुङेधारा, कुन्ड, शिव भगवानको मुर्ती, आकर्षक गार्डेन, पानीका फोहरा, चौतारी, विभिन्न प्रजातिका रुख तथा फुलहरु, चेन्जिङ रुम, सौचालय, विश्राम स्थल, गार्डरुम लगाएतका संरचनाहरु निर्माणहुने गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत डिल्ली खड्काले बताएका छन।
पार्क निर्माण भएपछी उक्त पबित्र एंम धार्मिक स्थलमा आन्तरिक तथा बाह्य पर्यटकहरु बढ्ने गाउँपालिका अध्यक्ष सन्तोष केसीले बताएका छन। शंखमुललाई थप धार्मिक पर्यटकिय स्थलको रुपमा बिकास गर्नको निम्ति गाउँपालिकाले यस्तो कदम चालेको उनले बताए।
अध्यक्ष केसीले छायाछेत्रमा सतिदेबिका बाकी रहेका सम्पुर्ण अंग पतन भइसकेपछि महादेबले नुहाएको उक्त मुललाई संरक्षण गरि पार्क बनाउदा थप प्रचारप्रसार हुने बिश्वास बिश्वास ब्यक्त गरे।
बन्न लागेको उक्त पार्क र शंख राप्तीलोकमार्ग बाट देख्न सकिने छ। महाशिबरात्री तथा अन्य समयमा त्यहाँ ठुलो मेला लाग्ने र मुलमा नुहाउनेको ठूलो भिड लाग्ने गरेको छ ।
पार्क बन्नलागेको स्थानबाट छाँयाक्षेत्र (छत्रेश्वरी) मन्दिर करिब ४ किलोमिटरको दुरिमा रहेको छ ।२०७८ असार मसान्तसम्म काम सम्पन्न गरिसक्नुपर्ने उक्त पार्कको निर्माणकार्य निर्धारित समयमै सम्पन्न गरिने निर्माण कम्पनीले जनाएको छ।