ढिस्कोमा पुरिएर ज्यान गुमाएका सल्यान पेदिखोलाका ५ जनाको घरमा मन्त्री ज्वाला पुगे


मंसिर २१, सल्यान । मजदुरीको लागि कास्कीको पोखरा पुगेर सडक निर्माण गर्ने क्रममा माटोको ढिस्कोमा पुरिएर ज्यान गुमाएका सल्यान बागचौर नगरपालिका ४ पेदिखोलाका ५ जना मृतकका घरपरिवारलाई कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले भेट गरेका छन् ।

गएको आइतबार पोखरा महानगरपालिका –२० मौजा बिसौनामा बाटोे निर्माण गर्ने क्रममा माटोले पुरिँदा मृ’त्यु भएका दोभान बस्नेत, जोगेन्द्र बुढाथोकी, वर्षीय गणेश ओली, वर्षीय खिमलाल ओली र जितबहादुर बस्नेतको घरमा पुगेर मन्त्री ज्वालाले परिवारसँग भेट गरेका हुन । पिडित परिवारसँग कुरा मन्त्री गर्दै मन्त्री ज्वालाले चाँडै सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

कर्णाली प्रदेश सरकारको बिमाको कार्यक्रम चाँडै पास भएमा प्रत्येक पिडित परिवारलाई दुई लाख बराबरको रकम सहयोग गर्ने यदि त्यसो नभएमा क्याविनेटमा बैठक बसी राहत स्वरुप रकम दिने उनले बताए ।

पीडित परिवारलाई सान्त्वना दिन मन्त्री ज्वाला सँगै बागचौर नगरप्रमुख लोकमान बुढाथोकी, उपप्रमुख कल्पना पुन, नेकपा कर्णाली प्रदेश कमिटी सदस्य टिकाराम ओली, कृति बहादुर पुन (प्रकाण्ड) जिल्ला कमिटी सदस्य रमेश गौतम, ज्ञानेश्वर केसी, घनश्याम शर्मा, हरि केसी (दोभान), अधिवक्ता सिपी ओली लगाएतको उपस्थिती थियो ।

तस्बिर: बामदेव केसी

याे पनिः पोखरामा मृ’त्यु भएका सल्यान एउटै गाउँका ५ जनाको शारदा नदिमा दाहसंस्कार गरियो

याे पनिः सल्यानका ५ जनाकाे ज्यान जानेगरी पाेखरामा कसरी खस्याे माटाेकाे ढिस्काे ?

याे पनिः ढिस्कोले पुरिएर ५ जनाकाे ज्यान गएपछि सल्यानकाे पेदिखाेला शाेकमा

याे पनिः सल्यानका ५ जनाको पोखरामा मृत्यु भएको घटनाप्रति विप्लव नेकपाद्वारा दुख व्यक्त

याे पनिः पोखरामा माटोमा पुरिएर सल्यानका ५ जना मजदुरको मृ’त्यु

प्रकाशित मिति : २०७६ मङ्सिर २१ गते शनिवार