सुनको मूल्य फेरि घट्यो


मंसिर २२, काठमाडौं ।  नेपाली बजारमा आज पनि सुनको भाउ घटेको छ ।

शुक्रबार प्रति तोला ७१ हजार ७ सय रुपैयाँमा कारोबार भैरहेको सुन आज पाँच सयले घटेर ७१ हजार २ सय प्रति तोलामा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले आज तेजावी सुनको भाउ ७१ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ ।

त्यस्तै आज चाँदीको भाउ स्थिर रहेको छ । आज चाँदी प्रति तोला ८५० रुपैयाँमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर २२ गते आइतवार