मंसिर २४,काठमाडाैं । १३औं दक्षिण एसियाली खेलकुद (साग) को समाचार सङ्कलनका क्रममा प्रहरीले पत्रकार सुमन चापागाईंलाई कुटपिट गरेको छ।नागरिक दैनिकमा कार्यरत पत्रकार चापागाईंलाई प्रहरीले मङ्गलबार बिहान दशरथ रङ्गशाला परिसरमा कुटपिट गरी घाइते बनाएको हो।
१३ औँ दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत मङ्गलबार हुने पुरुष फुटबलको फाइनल खेलको टिकट नपाएको भन्दै आक्रोशित सर्वसाधारणमाथि प्रहरीले दशरथ रङ्गशालाबाहिर कुटपिट गरेको छ । टिकटका लागि रङ्गशाला भित्र छिर्न खोज्दा प्रहरी र सर्वसाधारणबीच विवाद भएपछि प्रहरीले कुटपिट गरेको हो ।
रङ्गशाला प्रवेश गर्ने दर्शकलाई प्रहरीले कुटपिट गरिरहेको तस्बिर खिच्ने क्रममा पत्रकार चापाईंमाथि कुटपिट भएको हो।प्रहरीले आफ्ना आफन्तहरूलाई बिना पास रङ्गशाला प्रवेश गराउँदै आए पनि आधिकारिक पास लिएर समाचार सङ्कलन गर्न जाने पत्रकार र खेल हेर्न जाने दर्शकलाई दुर्व्यवहार गर्दै आएको छ।
डिएसपी रुगम कुँवरडिएसपी रुगम को नेतृत्वमा रहेको प्रहरी टोलीले पत्रकार सुमन चापागाइँमाथि भिडियो खिचेको भन्दै हातपात गर्दा उनको कानमा चोट लागेको छ ।प्रहरीको कुटपिट भएका घाइते उनको त्रिपुरेश्वरस्थित ब्लुक्रस अस्पतालमा उपचार भइरहेको छ।प्रहरीको कुटाइबाट उनको कानबाट रगत बगेको छ।