मंसिर २४,पर्सा। पर्साको वीरगन्ज महानगरपालिका-१२ स्थित एक घरमा संकास्पद अबस्थाका दुई वटा श’व भेटिएको छ। स्थानीय मोहन झाको घरमा पहिचान नखुलेको अन्दाजी २४ वर्षकी यूवती र २ वर्षकी नावालिकाको श’व भेटिएको प्रहरीले जनाएको छ।
‘श’व हेर्दा आमा छोरी जस्तो देखिन्छ,’ वडा प्रहरी कार्यालय श्रीपुरका प्रहरी निरीक्षक चक्रबहादुर मल्लले भने, ‘घरको कोठामा ताला लगाइएको रहेछ। दुबै जनाको श’व कपडाले बेरेर घरभित्रको कुनामा राखिएको भेटियो। हामी अनुसन्धानमै छौँ।’ यूवतीको श’व कोठा भित्रको खाटमुनी र छोरीको सोही कोठाको एक कुनामा भेटिएको प्रहरीले जनाएको छ।
घरधनी मोहन झाले शंकास्पद अबस्थामा श’व भेटिएको कोठा बाराका कलैया उपमहानगरपालिका-२६ सिसुवा महेशपुरका पवन शाहलाई भाडामा दिएको प्रहरीलाई बताएका छन्। झाले पवनका परिवार नै सो कोठामा बस्दै आएको बताएका छन । उक्त कोठा एक हप्ता अघिदेखि बन्द रहेको र बाहिर हिँड्दा मासु कुहिएको जस्तो गन्ध आएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।
प्रहरीले बन्द कोठाको ताला फुटाउँदा दुईवटा श’व भेटेको बताएको छ। श’व भाडामा बस्दै आएका साहकै श्रीमती र छोरीको हुन सक्ने प्रहरीले अनुमान छ। पेन्टिङको काम गर्दैै झाको घरमा बस्ने शाह केहि दिन देखि फरार छन् भने उनको मोबाइल पनि फोन नलागेको प्रहरीले जनाएको छ। साहले श्रीमती र छोरीको हत्या गरी फरार रहेको अनुमान प्रहरीले गरेको छ। मृतक दुवै श’वलाई पोष्टमार्टमका लागि वीरगन्जको नारायणी अस्पतालमा पठाईएको प्रहरीले जनाएको छ।