मंसिर २४,करेश्मा गिरी / सल्यान । सबै खाले हिंसा न्युनिकरण गर्दै समानताको समाज निर्माण गर्न एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । अन्तराष्ट्रीय मानवअधिकार दिवस तथा लैंङ्गिक हिंसा विरुद्दको १६ दिने अभियान समापनको अवसरमा सल्यानको खलंगामा आयोजित कार्यक्रममा सहभागीहरुले यस्तो बताएका हुन् ।
कार्यक्रममा बोल्दै शारदा नगरपालिकाका प्रमुख शुरेस अधिकारीले यस नगरपालिकालाइ सबैखाले हिंसामुक्त बनाउन सबैले हातेमालो गर्नु पर्ने बताए । लैंङ्गिक हिंसालाइ न्युनिकरण गर्न स्थानीय स्तरमा लुकेर बसेका घटनाहरुलाइ उजागर गर्नुपर्ने उनको जोड थियो ।
उहाँले गाउँघरमा लुकेर बसेका घटनाहरुलाइ स्थानीयले उजागर गर्दै सम्बन्धित निकायसम्म ल्याउन आवश्यक रहेको बताउनु भयो । शारदा नगरपालिका –२ का वडा अध्यक्ष केशव सिं श्रेष्ठले लैंङ्गिक हिंसाबाट निम्तिने घटनाबारे सबैलाइ सचेत बनाउनु पर्ने बताए ।
उहाँले वडा भित्र पीडित अवस्थामा रहेकाहरुको पक्षमा स्थानीय तह सधैं लागी परेको बताए । हिंसा प्रभावित महिला वा बालबालिकाको लागी औषधी उपचार तथा कानुनी सेवा निशुल्क रुपमा प्रदान गरिने उनले बताए ।
अधिकारकर्मी विष्णु शर्माले पहिलेको तुलनामा अहिले महिलाहरुमा चेतना विस्तार भएको बताए । उहाँले अहिले आफनो अधिकारका सवालमा केहीले आवाज उठाएपनि अझैपनि महिलाहरु हिसां सहनु परि रहेको बताए ।पत्रकार महासंघका पुर्व निवर्तमान अध्यक्ष सनत शर्माले लैंङ्गिक हिंसाबाट पुरुषहरुपनि पीडित भएको बताए । उहाँले यस विषयमा पनि अधिकारको आवाज उठाउनु पर्ने आवश्यकता रहेको बताए ।
रेस नेपाल सल्यानका अध्यक्ष रामचन्द्र रेग्मीले मानवअधिकारका क्षेत्रमा सबैले चासो राख्नुपर्ने बताउँदै सबैले सबैको अधिकारको सम्मान गर्नुपर्ने बताए ।
शारदा नगरपालिकाको आयोजना तथा इन्सेक नेपाल सल्यान,रेस सल्यान,हरप्लेस सल्यानको समन्वयमा सम्पन्न कार्यक्रममा स्थानीय महिला, पत्रकार, जनप्रतिनिधी,सर्वसाधारण लगायतको सहभागिता रहेको थियो । कार्यक्रमको संचालन इन्सेक जिल्ला प्रतनिधि मिना बुढाथोकीले गरेकिथिइ ।