मंसिर २५, काठमाडाैं । आफ्नो घरलाई सुरक्षित राख्न सबै मानिसहरु चाहन्छन् । यदि हामीले घर किन्दा वा निर्माण गर्दा पनि घरको सुरक्षालाई विशेष ध्यान दिन्छौँ । यसका साथै हामी सबैलाई जान्न उत्सुकता नै हुन्छ की विश्वमा सबैभन्दा सुरक्षित घर कसको होला ?
यसै सन्दर्भमा विश्वमा यस्तो घर रहेको छ जसलाई परमाणु बम(एटम बम)ले पनि असर गर्न सक्दैन । पोल्यान्डको राजधानी वार्साका वासिन्दा एक व्यक्तिले यस्तो घर निर्माण गर्ने सोँचे जुन एकदमै सुरक्षित होस । यसर्थ उनले पोल्यान्डका चिरपरिचित आर्किटेक्चर फर्म केडब्लयुका प्रोम्ससँग सम्पर्क गरे र उनीसँग बताए की उनलाई अधिकतम सुरक्षित घर चाहिएको छ ।
यसपछि कम्पनीले जुन घर निर्माण गर्यो, त्यस घरले सबैलाई चकित तुल्यायो । मिडिया रिपोर्ट अनुसार विश्वको सबैभन्दा सुरक्षित घरको अवार्ड यसै घरलाई प्राप्त भएको छ । यस घरको सबैभन्दा विशेषता के रहेको छ भने एक बटन दबाउने बित्तिकै तल–माथि, अगाडी–पछाडि हरेक भागमा कंक्रीटको पर्खालले घरलाई बन्द गरिदिन्छ ।
जब एकपटक यो घर बन्द हुन्छ तब लाखौं प्रयास गरेपनि यो घरमा प्रवेश गर्न कोही सक्दैनन् । यस घरमा प्रवेश गर्नका लागि दोस्रो तलामा बनेको पुलको प्रयोग गर्न सकिन्छ यदि घरको मालिकले चाहेमात्र ।
यस घर निर्माण गर्ने कम्पनीका अनुसार यस बलियो तथा सुरक्षित घरभित्रको दृश्य पनि लोभलाग्दो रहेको छ । घरको बाहिर एक स्विमिङ पुल पनि रहेको छ । यद्यपी यस स्विमिङ पुललाई भने ढाक्न सकिँदैन । कंक्रीटको अलावा बलियो धातुले बनेको शटर घरलाई अझ सुरक्षा दिन्छ । कम्पनी जिकिर गर्छ की यो घर एकपटक बन्द भएमा परमाणु बलमे पनि यस घरलाई असर गर्न सक्दैन ।
कंक्रीटको अलावा बलियो धातुले बनेको शटर घरलाई अझ सुरक्षा दिन्छ । कम्पनी जिकिर गर्छ की यो घर एकपटक बन्द भएमा परमाणु बलमे पनि यस घरलाई असर गर्न सक्दैन । एजेन्सी