मंसिर २६, सल्यान । भीरबाट लडेर मृत्यु भएका सल्यान छत्रेश्वरी गाउँपालिका (१ दमाचौर मयानीका लालबहादुर चन्दका परिवारलाई गाउँपालिकाले क्रिया खर्च सहयोग गरेको छ ।
गत तिहारमा झिम्पेबाट घर फर्किदै गर्दा लसुनेको जंगलमा भीरबाट लडेर २२ दिनपछि मृत फेला परेका चन्दको परिवारलाई छत्रेश्वरी गाउँपालिकाले क्रिया खर्च स्वरुप ११ हजार सहयोग गरेको हो ।
उनको परिवारलाई बुधबार वडा नम्बर १ का वडा सदस्य प्रकाश हमालले सहयोग हस्तान्तरण गरेका हुन् ।