मंसिर २९, सल्यान । सल्यानमा ३६ जनाले पत्रकार परिचयपत्र लिएका छन् । सुचना तथा प्रशारण विभाग काठमाडौंको घुम्ती शिविर टोलिले सल्यान खलंगाबाट शनिबार र आइतबार वितरण गरेको पत्रकार परिचयपत्रको कार्ड ३६ जना पत्रकारले लिएका हुन् ।
त्यस्तै एकजना पत्रकारले पुरानो परिचयपत्रलाई नवीकरण गरेका छन् । घुम्ती शिविरमा दुईवटा पुराना अनलाइन नवीकरण भएका छन् भने दुईवटा नयाँ अनलाइन दर्ता भएको सुचना विभागका पवित्र घिमिरे खनालले लेकाली अनलाइनलाई बताईन् ।
यसैबीच सुचना प्रशारण विभाग र नेपाल पत्रकार महासंघ सल्यान शाखाको आयोजनामा भएको दुर्गम जिल्लाका पत्रकारहरुको क्षमता अभिवृद्धि तालिम पनि समापन भएको छ । शनिबार र आइतबार गरि झण्डै ४० जना पत्रकारहरुले तालिम लिएका छन् । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत वितरण गरिएको छ ।