४० वर्षीया महिलालाई बला’त्कार गरेको आरोपमा सल्यानमा एकजना प’क्राउ



मंसिर ३०, सल्यान । बला’त्कारको आरोपमा सल्यानमा प्रहरीले एक जनालाई प’क्राउ गरेको छ । ४० वर्षीया महिलालाई बला’त्कार गरेको आरोपमा त्रिवेणी गाउँपालिका -४ का ४२ वर्षीय खिमलाल रेउलेलाई आइतबार प’क्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख डिएसपी ढकेन्द्र खतिवडाले बताए ।

प्रहरी चौकी कपुरकोटबाट प्रहरी नायव निरिक्षक दत्त बहादुर मल्ल र ईलाका प्रहरी कार्यालय लुहामबाट प्रहरी सहायक निरिक्षक रविन शाहीको कमाण्डमा खटिएको प्रहरी टोलीले कपुरकोट गाउँपालिका -३ कपुरकोट बजारमा हिँडिरहेको अवस्थामा आरोपितलाई प’क्राउ गरेको हो ।

गत भदौ ३१ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले असोज ५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । उनलाई जिला अदालत सल्यानबाट १० दिनको म्याद थप गरेर ईलाका प्रहरी कार्यालय लुहामको हिरासत कक्षमा राखेर अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २०७६ मङ्सिर ३० गते सोमवार