डिभाईन टेम्पल एकेडमीमा तालिम सम्पन्न


पुस १, दाङ । डिभाईन टेम्पल एकेडमीमा शिक्षकहरुलाई प्रभावकारी शिक्षण बिधि सम्बन्धि एक दिने तालिम सप्पन्न भएको छ।

नेसनल प्याब्सनका राष्ट्रिय महासचिव समेत रहेका एपेक्स लाइफ स्कुलका सस्थापक/प्रीन्सिपल सुबास न्यौपाने द्वारा आज डिभाईन टेम्पल एकेडमीका ३ दर्जन शिक्षक / शिक्षिकाहरुलाई तालिम दिनु भएको हो।

बिद्यालयका प्रीन्सिपल भोजराज न्यौपानेको अध्यक्षता तथा  एकेडेमीक कोअर्डिनेटर कुलानन्द अधिकारीको स्वागत बाट शुरु भएको तालिमबाट शिक्षक/शिक्षिकाहरुले आफुले शिक्षण सिकाइमा नयाँ कुरा सिकेको बताए ।

प्रकाशित मिति : २०७६ पुष १ गते मङ्गलवार