पत्रकारलाई बाँस्कोटाको प्रश्न : बंगलादेश र भुटानको सीमा समस्या समाधान हुन कति समय लाग्यो?


पाैष ३, काठमाडौं ।  सरकारका प्रवक्ता एवँ सुचना तथा सञ्चार मन्त्री गोकुल बाँस्कोटाले सरकार देशको सार्वभौमसत्ताका बारेमा कानमा तेल हालेर नबस्ने दाबी गरेका छन्।

सरकारका निर्णय सार्वजनिक गर्न आज सिंहदरबारमा आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता बास्कोटाले सीमा सुरक्षाका विषयमा सरकार चुप लागेर नबसेको तर्कसमेत गरे। सीमा सुरक्षासम्बन्धी पत्रकारको प्रश्नकोमा उल्टै बाँस्कोटाले प्रश्न गरे, ‘बंगलादेश र भुटानको सीमा समस्या समाधान हुन कति समय लाग्यो?’

यस्तै मन्त्री बास्कोटाले सरकारले सीमामा सुरक्षा दस्ता राखेर युद्ध गर्न नचाहेको बताए। सरकारले सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री कार्यलयका मुख्य सचिव नारायण बिडारीलाइ प्रधानमन्त्री कार्यालयमा सचिवका रुपमा सरुवा गरेको छ। स्वास्थ्य नीति, चिकित्सा व्यवस्था कार्यविधि, सेनेटरी वितरण कार्यविधि पनि स्वीकृत गरेको छ।

 

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार