सल्यानमा एक महिलाको १ सय ३० वर्षको उमेरमा निधन



पौष ३, सल्यान । सल्यानमा एक महिलाको १ सय ३० वर्षको उमेरमा निधन भएको छ । जिल्लाको दार्मा गाउँपालिका वडा नम्बर ६ ओलीगाउँ निवासी झुपी ओलीको १ सय ३० वर्षको उमेरमा बिहीबार निधन भएको हो ।

वि.सं. १९४६ मा जन्मिएकी उनी शताब्दी महिलाको रुपमा रहेकी थिईन् । यति धेरै उमेरसम्म जीवित रहेकी उनको केहिदिन पत्रकार एचपी मगरले मिडियामा भिडियो अन्तर्वार्ता सार्वजनिक गरेका थिए ।

अन्तर्वार्ताका क्रममा स्वर्गीय ओलीले आफू उमेर अनुसार अशक्त हुँदै गएको र नरम खालको खानेकुरा खाने गरेको सुनाईएकी थिईन् । उनले बिवाहा गरेपछि १५ सन्तानको जन्मदिएको समेत बताईन् । जसमा १३ जनाको उतिखेर नै मृत्यु भएको र १ छोरा र २ छोरी जीवित भएर हुर्काएको उनले सुनाईन् ।

अहिले उनका ती एक छोरा र दुई छोरीको उमेर वृद्ध भएपनि स्वस्थ्य रुपमा काम गरिरहेका छन् । स्वर्गीय झुपी ओलीका अहिले ५ पुस्तासम्म सन्तान भएको उनकी जनातीनि मुना ओलीले लेकाली अनलाइनलाई बताईन् । स्वर्गीय झुपी ओलीका श्रीमानको भने वि.सं. २०२८ सालमा निधन भएको थियो ।

नेपालीहरुको सरदर आयु ७० वर्षको रहेको छ । तर धेरैजसोको त्यस अगाडि नै निधन हुने गर्दछ । थोरै अौंलामा गन्न सकिनेहरु मात्र सय वर्षसम्म बाँचेका नेपालमा उदाहरणहरु छन्। सल्यानकी झुपी ओलीले भने एक सय ३० वर्षसम्म बाँचेर अचम्मित पारिन् । यति धेरै उमेरसम्म बाँच्नु पछाडी कारण गाउँको हावापानी र अर्गानिक खाना भएको उनको परिवारले जनाएको छ ।

हेर्नुहोस् झुपी ओलीको निधन हुनुभन्दा अघि एचपी मगरले बनाएको भिडियो रिपोर्ट

प्रकाशित मिति : २०७६ पुष ३ गते बिहिवार