दाङ-सल्यान सडककाे पैयाखाेरेमा जिप दुर्घटना हुँदा १ जनाकाे ज्यान गयाे, ६ घाईते


पाैष ४, सल्यान । दाङ- सल्यान सडक खण्डकाे पैयाखाेरेमा जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको छ भने ६ जना घाईते भएका छ्न । दाङ तुलसीपुरबाट सल्यानको फलाबाङ आउँदै गरेको रा १ ज ८२२ नम्बरको जिप तुलसीपुर -३ पैयाखोरेमा शुक्रबार दिउँसो ३ बजेतिर दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परेर सल्यान कपुरकोट गाउँपालिका -४ गाडापानी निवासी २० वर्षिया सिता बुढाथोकीको घटनास्थलमै मृ’त्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएकाे छ । दुर्घटनामा परि घाइते भएकाहरूकाे राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भैरहेकाे छ ।

उनीहरुको अवस्था सामान्य रहेको बताईएको छ । जीप चालक फरार छन् । उनको खोजी कार्य गरिरहेको प्रहरीले बताएको छ ।

तस्बिरः टेकराज केसी

प्रकाशित मिति : २०७६ पुष ४ गते शुक्रवार