सल्यानमा भीरबाट लडेर एकजना गम्भीर घाईते


पुस ५, सल्यान । सल्यानमा भीरबाट लडेर एक जना गम्भीर घाईते भएका छन । जिल्लाको कुमाख गाउँपालिका -५ स्थित ६५ बर्षका मानसिह बुढाथोकी भीरबाट लडेर घाइते भएका हुन ।

बिहीबार देखि हराएका उनको खोजिकार्य गर्दा घाइते अबस्थामा शुक्रबार साेहि वडाकाे काफ्ले भीरबाट करिब १२ सय मिटर तल खसेर घाइते अबस्थामा फेला परेका थिए। घरपरिवारले खोजी कार्य गरिदिन आग्रह गरेपछि ईलाका प्रहरी कार्यालय रागेचौरका प्रहरी सहायक निरिक्षक यज्ञ बहादुर मल्लको कमाण्डमा खटिएको प्रहरी टोलिले उनलाइ घाइते अवस्थामा फेला पारेकाे हाे ।

उनकाे मेसिन हस्पिटल चौरजहारीमा उपचार सम्भव नभएपछि थप उपचारको लागि नेपालन्ज रिफर गरिएकाे पारिवारिक श्राेतले जनाएकाे छ ।

प्रकाशित मिति : २०७६ पुष ५ गते शनिवार