पुस ६, दैलेख । दैलेखको ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीलाई विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले नियन्त्रणमा लिएको छ ।
शनिबार राति साढे १२ बजे अध्यक्ष शाहीलाई उनकै घरबाट ने.क.पा दैलेखले नियन्त्रणमा लिएको दैलखेका सहायक प्रमुख जिल्ला अधिकारी इन्द्रबहादुर क्षत्रीले जानकारी दिए ।
अध्यक्ष शाहीलाई पार्टीका बिरुद्ध सुराकी गरेको र गाउँपालिकाको बजेटमा व्यापक अनियमितता र भष्ट्रचार गरेको कारण गिरफ्तार गरिएको पार्टी स्रोतले बताएको छ । अध्यक्ष शाहीको भाइलाई भने अपहरण गरेको केही समयपछि छाडिएको बताईएको छ ।