- गजल
जिन्दगिले चोटहरुको हिसाब राखेको छ
ईमान बेचेर अनुहारमा नकाब राखेको छ
दाजुबाट बहिनि लुटिदा लाग्छ भगवानले,
मान्छेमा पनि पशुको स्वभाव राखेको छ
प्रेमिले आफ्नि प्रियाको जिन्दगिको मुल्य
सिन्दुर,पोते र एकथान गुलाब राखेको छ
आमालाई विधुवा भत्ता दिलाउने निहुमा
छोराले बा’लाई मार्ने प्रस्ताव राखेको छ
प्रकाशित मिती २०७६ पुस ८ गते