पुस ८, सल्यान । सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी सल्यानले लामो समयपछि जिल्लाका ६ वटा स्थानीय तहहरुमा कमिटीहरूकाे टुंगाे लगाएकाे छ । १० स्थानिय तह मध्ये ४ स्थानिय तहमा भने अझै कमिटीले पूर्णता पाउन सकेका छैनन् । बन्गाड कुपिण्डे नगरपालिका, सिद्धकुमाख, छत्रेश्वरी, त्रिवेणी, कपुरकोट र कालीमाटी गाउपालिकामा नेकपाकाे कमिटीले पूर्णता पाएको छ भने शारदा र बागचौर नगरपालिका तथा दार्मा र कुमाख गाउपालिकाले अझै पूर्णता पाउन सकेको छैन् ।
गाउँ तथा नगर कमिटीको पूर्णताका लागी आईतबार र सोमबार खलंगामा सम्पन्न जिल्ला कमिटी कार्यालयको बैठकले अनुमोदन गरेको (मंगलबार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिईएको हो । गत भाद्र महिनामै सबै तहका कमिटी टुंगाे लगाउने भनेपनि नेकपाले आन्तिरक प्राविधिक समस्याको कारण ढिलाे टुंग्याएकाे जनाएकाे छ । अब बाँकी तहमा यसै महिनाभित्र कमिटी पुंगिने नेकपा सल्यानका इन्चार्ज टेक बहादुर बस्नेतले बताए ।
पार्टीका सल्यान जिल्ला अध्यक्ष गाेविन्द कुमार पुन र सचिव कर्णबहादुर बुढाथाेकीले हस्ताक्षर गरेकाे विज्ञप्ती अनुसार बन्गाड कुपिण्डे नगरपालिकामा कृति बहादुर राणा अध्यक्ष र गुञ्जमान बुढा सचिब रहेको ७१ सदस्यीय कमिटी अनुमोदन भएको छ ।
त्यस्तै सिद्धकुमाख गाउपालिकामा जित बहादुर चलाउने अध्यक्ष र राम बहादुर बस्नेत सचिव रहेको ६५ सदस्यीय कमिटी, कालीमाटी गाउपालिकामा शालिकराम भट्टराई अध्यक्ष र ज्ञान बहादुर खत्री सचिव रहेको ६५ सदस्यीय कमिटी, कपुरकोट गाउपालिकामा घनश्याम शर्मा अध्यक्ष र तिर्थराज बस्नेत सचिव रहेको ६५ सदस्यीय कमिटी, छत्रेश्वरी गाउपालिकामा ओज बहादुर बुढाथोकी अध्यक्ष र प्रेम बहादुर खड्का सचिव रहेको ६५ सदस्यीय कमिटी र त्रिबेणी गाउपालिकामा लोकेन्द्र सिंह खड्का अध्यक्ष र अजय रोका सचिव भएको ६५ सदस्यीय कमिटीलाई अनुमोदन गरिएको छ ।
पार्टीका जिल्ला अध्यक्ष गोबिन्द कुमार पुनको अध्यक्षतामा भएको पत्रकार सम्मेलनमा पार्टीका जिल्ला ईचार्ज टेक बहादुर बस्नेत, सह—ईन्चार्ज गुलावजंग शाह, प्रदेश कमिटी सदस्य लोक बहादुर डाँगी लगाएतको सहभागिता रहेको थियो । सम्मेलनको सहजीकरण पार्टी जिल्ला सचिव कर्ण बहादुर बढाथोकीले गरेका थिए ।
यस्ताे छ ६ वटा स्थानीय तहमा नेकपाकाे कमिटी