सल्यानकाे एक विद्यालयले महायज्ञ संचालन गरेर ३१ लाख संकलन गर्याे


इन्द्र बुढाथोकी / पुस ८, सल्यान । सल्यानकाे एक विद्यालयले महायज्ञबाट ३१ लाख बढी रकम संकलन गरेकाे छ । जिल्लाकाे बनगाड कुपिण्डे नगरपालिकाको देवस्थलमा रहेकाे प्रभाकर माविले संचालन गरेकाे श्रीमद्भागवत सप्ताह धानधानज्यल ज्ञान महायज्ञमा ३१ लाख ५ हजार ४ सय १ रुपैया दान संकलन भएको हाे ।

नगद दान भन्दा वाक दान बढि देखिएको छ । नगद दान ११ लाख संकलन भएको छ भने वाक दान तथा उठ्न बाँकी २० लाख देखिएको छ । प्राविधिक धार सञ्चालन गर्नका लागि विद्यालयमा ज्ञानमहायज्ञ चलाइएकाे विव्यस अध्यक्ष तथा महायज्ञ सञ्चालन समितीका संयोजक गञ्जमान बुढाले जानकारी दिए ।

मंसिर २५ गते देखी सुरु भएको महायज्ञ पुस ४ गतेसम्म संचालन भएको थियाे । प्राविधिक शिक्षा आजको आवश्यकता भन्ने मुल नारालाई मध्यनजर गर्दे यस क्षेत्रको प्राविधिक शिक्षाको हव निमार्णका लागि महायज्ञको सुरुवात गरिएको प्राध्यापक शिखर कुमार यरिले बताए।

संगीतमय श्रीमद्भागवत सप्ताह धनाधान्याञ्चल ज्ञानमहायज्ञमा नेपालका ख्यातीप्राप्त पण्डितद्धय रामचन्द्र तिमिल्सिना र १०८ भागवतका अभियान्ता हरिचन्द्र तिमिल्सिनाको मुखार विन्दुबाट सुमुधर शैलीमा कथावाचन, राष्ट्रिय स्तरका ख्याती प्राप्त कलाकारद्धारा भजन कृतन, झाँक्री तथा नाटक प्रर्दशन भएकाे थियाे ।महायज्ञको उद्घाटन कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले गरेका थिए ।

महायज्ञमा सबैभन्दा बढि २ लाख ७ हजार ७ सय ७७ रुपैयाँ दिएर सल्लीबजारका कृष्ण कपडा व्यापारी मानवहादुर बस्नेत पहिलो दानदाता भएका छन् । त्यस्तै २ लाख १ हजार १ सय १ रुपैया दिएर यरि पेट्रोल पम्पका सञ्चालक दिवाकर यरि दोस्रो भएका छन् भने नेकपा जिल्ला सदस्य युवा नेता दुर्गा बहादुर  बुढाथोकिले ७५ हजार ५ सय ५५ रुपैयाँ  दान गरेर तेस्राे भएका छन् । चौथो दाताको रुपमा बनगाड कुपिण्डे नगर प्रमुख गोविन्द कुमार पुनले ५७ हजार दान दिएका छन् ।

प्रकाशित मिति : २०७६ पुष ८ गते मङ्गलवार