पुस १२, सल्यान । सरकारद्वारा प्रतिवन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टी निकटकाे अखिल क्रान्तिकारी विद्यार्थी संगठन सल्यानले जिल्लाकाे छत्रेश्वरी गाउँपालिका २ बुँरासेमा पुगेर माओ दिवस मनाएकाे छ । सरकारले प्रतिवन्ध गरेपछि प्राय ठाउँमा नदेखिएकाे साे संगठन शुक्रबार माओ दिवसकाे अवसरमा बुराँसेमा देखिएकाे हाे ।
कार्यक्रममा अखिल क्रान्तिकारी सल्यानका नेता राजेन्द्र खड्काले विद्यार्थीहरूलाइ माओकाे बारेमा प्रष्ट पार्नुकाे साथै संगठनकाे बारेमा जानकारी गराएका थिए । उनले विद्यार्थीकाे पक्षमा बाेल्दा सरकारले आफुहरूमाथी प्रतिबन्ध गरेपनि त्यसकाे डटेर सामना गर्न विद्यार्थीहरूलाइ आग्रह गरे ।
यसैबिच माओ दिवसकाे अवसरमा सल्यानकाे बागचाैर नगरपालिका ६ टाट्केमा मेला लागेकाे छ । तत्कालिन माओवादीकाे नेतृत्वमा भएकाे जनयुद्वकाे समयदेखि प्रत्येक पुस ११ गते लाग्ने याे मेला यसवर्षकाे शुक्रबार पनि सम्पन्न भएकाे छ । मेलाकाे अवसरमा सांस्कृतिक कार्यक्रमकाे आयाेजना समेत गरिएकाे थियाे ।