पुस १७, पर्वत । पर्वतको कुश्मा नगरपालिका ४ कुश्माकी २३ वर्षीया बिषाखा परियार दुवै मृगौला फेल भएर मृत्युसँग लड्दै अस्पतालमा छट्पटी रहेकी छन् । दुई महिनाकी सुत्केरी परियार घरमा बस्ने समयमा अस्पतालकाे बेडमा छाेरीकाे अनुहार कहिले देख्न पाउछु भन्दै छट्पटी रहेकी छन् ।
शिक्षण अस्पताल महाराजगन्ज काठमाडौंको बेडमा उनी अहिले छन्, तर आर्थिक अवस्था कमजोर भएपछि मृत्युलाई पर्खे जस्तै भएको छ । परियार २ महिना गण्डकी अस्पताल पाेखरामा प्रसुतीकाे लागि अाएकी थिईन ।
सहज रूपमा प्रसुती हुन नस्कदा बिसाषाकाे अप्रेसन पश्चात बच्चा जन्म भएको हाे। उनकाे सफल अप्रसेन पछि जन्मेकाे नवजात शिशु त स्वस्थ त भयाे तर अामा बिशाखालाई ठुलाे ब्रजपात भयाे।
“शिशु जन्मिएपछि आमा बिशाखाकाे एक्कासी पिसाब बन्द भयाे । चेकजाँच गर्दा रिपोर्टमा मृगौलाकाे खराबी भएको जानकारी पायौं । बच्चा जन्मिएको पारिवारिकको खुसीमा दुखमा थपियाे,” उनका श्रीमान विनय परियारले भने । बिषाखा २ महिनाकाे बच्चालाई घरमा छाेडेर उपचारकाे लागि शिक्षण अस्पताल महाराजगन्ज काठमाडौमा आएकी छन् ।
बिषाखाको दुवै मृगौला फेल भएकाे रिपोर्ट अाए सगै उपचारमा ठुलाे समस्या अाएकाे र दुवै मृगौला प्रत्यारोपण गर्नकाे लागि अार्थिक अबस्था कम्जोर भएकाे श्रीमान विनयले बताए । अहिलेसम्म उपचारमा घरकाे सबै सम्पत्ति सकिएको उनले बताए ।
बिषाखाको उपचारका लागि बिशाखा परियार बचाउ अभियान सञ्चालन समेत गरिएको छ । जसमा अहिलेसम्म परियार युवा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघर्ष समितिको तर्फबाट अध्यक्ष बिमल परियार, बरिस्ठ उपाध्यक्ष केशव नेपाली, युवा संयाेजक भिम बहादुर परियार, महिला संयाेजक सृजना परियार सुन्दास, मनकुमारी परियार, प्रिङका परियार माेडल दिलु साेनारले संयुक्त रुपमा १० हजार सहयोग गरेका छन् ।
साथै बिषाखा परियारलाई बचाउन सहयोग गर्न चाहानेले श्रीमान विनय परियारलाई ९८२१३७५७९८ मा सम्पर्क गर्न सकिनेछ ।