सागमा विजेता सल्यानकी पुष्पा भण्डारी सहित ६ जनालाई कर्णाली प्रदेशले १० लाख दियो



पुस १७, सल्यान । दक्षिण एसियालि खेलकुद प्रतियोगिता सागको १३ औं संस्करणमा महिला म्याराथुनमा रजत पदक विजेता खेलाडी सल्यानकी पुष्पा भण्डारीलाई २ लाख पुरस्कार प्रदान गरि कर्णाली प्रदेशले सम्मान गरेको छ ।

नेपाल भ्रमण वर्षको उद्घाटन समारोहका अवसरमा बुधवार सुर्खेतमा आयोजित कार्यक्रममा मुख्यमन्त्री महेन्द्र बहादुर शाहीले रजक विजेता सल्यान माल्नेटाकी पुष्पा सँगै सागमा विजेता कर्णाली प्रदेशका अन्य पाँच जनालाई सम्मान गरेका हुन् ।

सम्मान पाउनेमा स्वर्ण तर्फ सुर्खेतका दीपक हमाल, रजकमा सल्यानकी पुष्पा भण्डारी र सुर्खेतकी गिता राणा, कास्यमा सुर्खेतका टेक बहादुर सार्की, रुकुमकी शारदा विक र दैलेखकी चन्द्रकला थापा रहेका छन् ।

स्वर्णलाई ३ लाख रजकलाई २ लाख र कास्यलाई १ लाखका दरले पुरस्कार दिई सम्मान गरिएको आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले बताए । यी ६ जना खेलाडीलाई कर्णाली प्रदेश सरकारले पुरस्कारको लागि १० लाख रुपैयाँ खर्चिएको हो ।

प्रकाशित मिति : २०७६ पुष १७ गते बिहिवार