पुस १८, सल्यान । सल्यान र रोल्पाका अग्ला लेकहरुमा हिमपात सुुरु भएको छ । आज बिहानैदेखि सुरु भएको हिमपात अहिले बढ्दै गएको छ ।
सल्यानको खर्सुबास, बुराँसे, पातिहाल्न, मखलाम, बाफुखोला, कुमाख, निगाल्चुला लगाएतका लेक र त्यस अासपासका भु-भागमा हिमपात भएको छ ।
त्यसैगरी सल्यानसँग भु-भाग जोडिएको रोल्पा गंगादेव गाउँपालिकाको झ्याम, मनिमारे, घोप्टेओडार, लामाचौर, नाउली, ओत लगाएतका गाउँहरुमा पनि हिमपात भएको छ । गतवर्ष माघ महिनाको दोस्रोसात हिमपात भएको यो क्षेत्रमा यसवर्ष भने पुस महिनामै हिमपात सुरु भएको हो । हिमपात भएपनि कृषीमा राहत पुग्ने भन्दै किसानहरु खुसी भएका छन् भने जनजीवन कष्टकर बनेको छ ।