सल्यानकाे त्रिवेणी गाउँपालिकाले ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातकाे बोका दियाे


पुस २१, सल्यान । सल्यानको त्रिवेणी गाउँपालिकाले कृषकहरुलाई अनुदानमा उन्नत क्रस बोयर जातको बोका दिएकाे छ ।  उच्च नश्लको प्रयोगबाट मासु उत्पादनमा बृद्धि गरी बाख्रामा हुने हाडनाता कम गर्न आइतबार गाउँपालिकाले किसानहरूलाइ ५० प्रतिशत अनुदानमा ६ लाख बराबरका १० वटा बाेका वितरण गरेकाे हाे ।

गाउँपालिका भित्रका दुईवटा सहकारी, दुईवटा कृषक समुह र ६ जना कृषकलाई गरी १० वटा बाेका वितरण गरिएकाे पशु शाखा प्रमुख बसन्त रावतले बताए । बोका पाउने कृषकमा उम बहादुर खड्का, भोजराज खड्का, बिजुली पुन, रेशम बहादुर बोहरा, नेत्रलाल खड्का, लोक बहादु्र थापा लगायत समाज सुधार कृषक समुह, उपहार सामाजिक महिला उद्यमी सहकारी, साना किसान कृषि सहकारी, सगरमाथा बाख्रा तथा पशुपालन समुह रहेका छन् ।

बाेका वितरण गर्दै यस्तै गाउँपालिका अध्यक्ष मान बहादुर डाँगीले किसानहरुले उत्पादन गरेको सामाग्रीहरुको लागी बजारीकरणको व्यवस्था गरिदिने बताएका छन् । साथै उनले कृषकरुको लागी गाउपालिकाले किलाे जाेख्ने मेसिन, भकारो सुधारको लागी अनुदान, घाँसको स्रोत केन्द्र स्थापना गर्नको लागी अनुदान, उत्कृष्ट कृषक पुरस्कार दिने बताए ।

प्रमुख प्रशासकीय अधिकृत वसुन्धारा पुनले नयाँ प्रविधिको प्रयोग गरि कृषि तथा पशुपालनमा आत्मनिर्भर मात्र नरहि निर्यात मुखी व्यबसाय गर्नुपनर्माे जोड दिए ।

प्रकाशित मिति : २०७६ पुष २१ गते सोमवार