माल्नेटाबासीलाई खुसीः शारदा नदिमा बन्न लाग्याे गाडी गुड्ने पुल


पुस २२, सल्यान । सल्यानको शारदा नदिमा  ५ करोड ५ लाखकाे लागतमा माेटर पुलकाे निर्माण कार्य सुरु गरिएकाे छ । शारदा नगरपालिकाकाे वडा नं. १४ र १५ लाइ राप्ती राजमार्गसँग जाेड्न शानपा ६ बरलामा ३५ मिटर लम्बाइ र ११ मिटर चौडाइकाे पुल बनाउन लागिएकाे हाे ।

लामो समयपछि प्रदेश सरकार तथा स्थानिय सरकारको पहलमा पुल निर्माण कार्य अघि बढाइएको हो । संघिय सरकार तथा कर्णाली प्रदेश सरकारको साझेदारीमा र कर्णाली सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाको पहलमा समपुरक बजेटबाट निर्माण हुन लागेको ज्वालाको सचिवालयका सदस्य धिरज रावतले जनाएका छन ।

निर्माण कार्य समयमै सम्पन्न गर्न निर्माण व्यवसायीलाई आग्रह गरिएको र बिशेष गरि २ वडाका बासिन्दाले पुल नहुदा भोग्दै आएको समस्याबाट छुटकारा पाउने भएकोले यहाँका जन्ताका निम्ती यो निक्कै राम्रो काम भएको वडा नंं १५ का वडा अध्यक्ष हिमेन्द्र बाबु सेजवाल बताएका छन । पुलको निर्माण कार्य सम्पन्न भए पछि यहाँका जनतासंगै अदुवाको प्रख्यात ठाउ माल्नेटामा पर्यटकहरु पनि भित्रिने अपेक्षा राखिएको उनि बताउछन।

बिगतका बर्षहरुमा पुल अभाव कारण यस क्षेत्रमा वर्षामा सवारी आउजाउ ठप्प हुने गरेको र यसक्षेत्रका बासिन्दाका लागी बर्षातको समयमा कोही बिरामी परेभने निक्कै समस्या हुने थियो । पुलको निर्माण कार्य सम्पन्न भएपछि यहाँका नागरिकहरू प्रत्यक्षरुपमा राजमार्ग संग जोडिने छन भने श्रीनगर देखि माल्नेटा हुँदै माेख्ला थारमारे सडक बैकल्पिक सडकका रूपमा विकास हुनेछ ।

पुल निर्माण पछि नदि वारपारमा सहज हुने भन्दै माल्नेटाबासी खुसी भएका छन् । बर्षामा नदी तरेर वारीपारी गर्न नसकिएको र अन्य समयमा पनि असहज भएपछि सबै तहका सरकारले पुल निर्माणमा सक्रियता देखाएका हुन ।

निर्माणको जिम्मा डिवा एटि बिल्डर्स जेभि सातदोबाटो ललितपुरले लिएको छ । उक्त पुल एक बर्ष भित्र २०७७ पुष मसान्तमानै निर्माण सम्पन्न हुने गरि सम्झौता भएर निर्माण कार्य अगाडी बढेको हो । अबको एक बर्ष पछि बाह्रै महिना सवारी साधन दोहोरो रूपमा सहज तवरले गुड्नेछन ।

प्रकाशित मिति : २०७६ पुष २३ गते बुधवार