आफैँलाई गोली हानेर प्रहरी हबल्दारले गरे आत्महत्या


पुस २७, जाजरकोट । नलगाड नगरपालिका– ७ स्थित इलाका प्रहरी कार्यालय दल्लीमा कार्यरत प्रहरी हबल्दार भोजबहादुर कठायतले आत्मह’त्या गरेका छन् ।

बाजुरा जिल्ला घर भई चारमहिनादेखि सो कार्यालयमा कार्यरत ३५ वर्षीय कठायतले आफैलाई कन्चटमा गोली हानेर आज बिहान आत्मह’त्या गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिए । उनले घटनाको बारेमा छानविन गर्न टोली परिचालन गरेको बताए ।

प्रकाशित मिति : २०७६ पुष २७ गते आइतवार