फोनमा यो काम गरे बिलगेट्स तपाईलाई ५६ लाख दिन तयार


पुस २८, काठमाडौं । बिल गेट्सलाई नचिन्ने मानिस सायदै होलान् । माइक्रोसफ्टका फाउन्डर विल गेट्स जो कोहिलाई पनि ५६ लाख नेपाली रुपैयाँ दिन तयार छन् ।

तर त्यो पैसा ‘फ्री’ मा भने होइन । यो पैसा पाउनका लागि तपाईले विल गेट्सको एक काम गर्नुपर्छ । हाम्रो देशमा पनि स्मार्ट फोन चलाउँने मानिसको संख्या धेरै छ । स्मार्टफोन भएकाहरुले तीब्र गतिमा डिजिटल पेमेन्ट गरिरहेका छन् । तर फीचर फोन प्रयोग गर्नेहरुका लागि यो सुविधा छैन ।

५६ लाख पाउन तपाईले फीचर फोनको लागि एक पेमेन्ट सिस्टम बनाउनु पर्ने हुन्छ । यसका लागि बिल गेट्स तथा मेलिन्डा गेट्स फाउन्डेशनले साझेदारी गरेर एक कार्यक्रमको आयोजना गर्ने भएका छन् ।नेशनल पेमेन्ट कर्पोरेशन अफ इन्डिया NPCI का अनुसार फिचर फोनका लागि *99# डायल गरेर धेरै कम करिब पाँच लाख ट्रान्जेक्सन भईरहेका छन् । किनभने फीचर फोनबाट डिजिटल पेमेन्ट गर्न त्यत्ति सजिलो छैन ।

जसको नाम ग्रान्ड च्यालेन्ज पेमेन्ट्स युजिङ फिउचर फोन रहेको छ । यो प्रतियोगिता फिचर फोनमा डिजिटल पेमेन्ट सिस्टम निर्माण गर्नको लागि आयोजना भएको हो । यो सिस्टम बनाउनेवालालाई ५६ लाख नेपाली रुपैयाँ मिल्नेछ ।विजेताको घोषणा भने १४ मार्च सन् २०२० मा हुनेछ । यो प्रतियोगितामा चुनिने प्रतियोगीहरुको नाम NPCI Apis मा ११ फेब्रुअरी सन् २०२० मा प्राप्त हुनेछ । साथै NPCI ले प्रतिभागीहरुलाई सहयोग गर्ने छ । एजेन्सी

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार