खलंगा शितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको तेस्रो साधारण सभा खलंगामा


पुस २८, सल्यान । खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको तेस्रो साधारण सभा सोमबारबाट खलंगामा सुरु भएको छ । ‘पानी जीवन हो, यसको संरक्षण गरौ’ भन्ने नारा सहित तेस्रो साना शहरी खानेपानी तथा सरसफाईको आयोजनामा शारदा नगरपालीकाका नगरप्रमुख शुरेस अधिकारीको प्रमुख आथित्यतामा सस्थाको तेस्रो साधारण सभा उद्धघाटन सत्र सुरु भएको हो ।

कार्यक्रममा बोल्दै नगरप्रमुख शुरेस अधिकारीले लामो प्रयास पछि खलंगामा पानी ल्याउन सफल भएकाले सहि तरीकाले पानीलाई प्रयोग गर्न आग्रह गरे । खानेपानीको लागी आफु जनप्रतिनिधी नहुँदा पनि धेरै काम गरेकाले जनप्रतिनिधीको मात्र दायित्व नभई आम नागरीकले खानेपानीलाई सहि रुपमा सदुपयोग गरिदिन उनले आग्रह गरे ।

खानेपानीको महुसुल बुझाउन नागरीकले अटेर गर्ने गरेको पाईएकाले महसुल बुझाएर मात्र पानी खान उनको आग्रह थियो । नागरिकहरुले सुद्ध र सफा खानेपानी प्रयोग गर्न पाउनु पर्छ भन्ने मनसाय राखे पनि कतै बाट अबरोध हुने गरेको उनले बताए ।

लामो प्रयास पछि नियमित रुपमा स्वच्छ, गुणस्तरीय र सुरक्षित रुपमा खानेपानी घर घरमा निजिधारा खलंगा र श्रीनगर क्षेत्रमा उपलब्ध गराउन सफल भएको खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका अध्यक्ष केशब बहादुर बुढाथोकीले बताए । अहिले करिब एक हजार २ सय ३४ घरधुरीले सर्भे डिजाईनमा खानेपानी प्रयोग गर्दै आईरहेको उनले बताए ।

अहिले हिउद र बर्षा याममा दैनिक करिब ६ लाख ८६ हजार र गर्मियाममा ७ लाख लिटर भन्दा बढि पानी वितरण भैरहेको उनले बताए । आगामी दिनहरुमा २४ सै घण्टा धारामा पानी पु¥याउन उदेश्यले उपभोक्ताहरुको माग भएका बस्तीहरुमा दैनिक आलोपालो सिस्टम बाट बितरण गर्नको लागी प्रयास भैरहेको बताए ।

खलंगा सितलपाटी खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाका उपाध्यक्ष मौसम दास श्रेष्ठले स्वागत मन्तब्य गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी चुडाराज न्यौपाने, शारदा नगरपालीका वडा नम्बर १ का वडा अध्यक्ष नवराज बुढाथोकी, नेकपा शारदा नगर कमिटी अध्यक्ष नविन सिंह भडेल, प्युठान बिजुवार खानेपानीका अध्यक्ष जानुका केसी, तुलसीपुर खानेपानीका अध्यक्ष खेम ओली, उपभोक्ता संस्थाका सल्लाहाकार इन्द्र शर्मा लगायतले साधारण सभाको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २०७६ पुष २८ गते सोमवार