विश्वकै होचा व्यक्तिको खगेन्द्र थापाको मृ’त्यु


माघ ३, काठमाडौं । विश्वकै होचा व्यक्तिको रूपमा कीर्तिमान राखेका बाग्लुङका खगेन्द्र थापाको मृत्यु भएको छ।

२०६७ असोज २८ मा विश्वकै होचा व्यक्तिको रूपमा ‘गिनिज बुक अफ वर्ल्ड रेकर्ड’ मा नाम लेखाउन सफल थापाको निमोनियाको कारण शुक्रबार पोखराको मणिपाल शिक्षण अस्पतालमा निधन भएको हो। थापालाई उपचारको लागि बिहीबार मात्रै मणिपाल पुर्‍याइएको थियो।

मणिपाल अस्पतालको सघन उपचारकक्ष (आइसियु) मा भर्ना भएका थापा मगरलाई शुक्रबार दिउँसो ३ बजे चिकित्सकको मृत घोषित गरेको खगेन्द्र थापा मगर प्रतिष्ठानका अध्यक्ष मीनबहादुर राना जानकारी दिए। जन्मदा ६०० ग्राम तौलका खगेन्द्रको तौल विश्व रेकर्ड राख्दा ५.५ किलोग्राम थियो।

प्रकाशित मिति : २०७६ माघ ३ गते शुक्रवार