विप्लव नेतृत्वको नेकपा सल्यानद्वारा ‘गाउँबस्ती भेटौं’ अभियान सुरु


माघ ८, सल्यान । सरकारद्धारा प्रतिवन्धित नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेकपा सल्यानले ‘गाउँबस्ती भेटौं’ अभियान सुरु गरेको छ । जनता सँग प्रत्येक्ष सहभागी हुने र प्रतिवन्धको विषयमा प्रस्ट पार्ने भन्दै गाउँबस्ती भेटौँ अभियान सुरु गरेको नेकपा सल्यानले जनाएको छ ।

‘गाउँबस्ती भेटौं’ अभियानको उद्घाटन बुधबार एक कार्यक्रमका बीच छत्रेश्वरी गाउँपालिकाको वडा नम्बर २, बनगाड कुपिण्डे नगरपालिका ५, बागचाैर नगरपालिका ६ काेटबारा, वडा नम्बर ११ बाफुखाेलामा गरिएको नेकपा सल्यानका सेक्रेटरी लोक्पाल केसीले बताए ।

उनले जनतामाझ आफुहरु जाँदा सधै साथ पाएको बताए । आउदो चत्रै मसान्तसम्म यसरी नै जनताको माझमा आफुहरु ‘गाउँबस्ती भेटौं’ अभियान लिएर जाने उनले बताए ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार