उपचारमा आर्थिक अभाव भएपछि सल्यानका डाँगीको मृत्यु, पैसा सकिएपछि परिवार त्रिपालमुनी


पुष्पा रिजन डिसी/ माघ ८, सल्यान । सल्यान बागचौर नगरपालिका २ चिल्ढाले निवासी भिम बहादुर डाँगीको उपचारका क्रममा आर्थिक अभावका कारण भारतमा मृत्यु भयो । प्यारालाईसिस रोगले ग्रसित भिम बहादुर उपचारको लागि १० वर्ष अघि दुई छोरा र श्रीमती सहित भारत पुगे ।

भारतमा मजदुर गर्दै आएको ज्याला रकम उनले उपचारमा खर्च गरे । तर १० वर्ष सम्म पनि उनको रोग निको भएन् । अन्तत उनि उपचारमा पैसा नपुगेपछि परिवारसहित घर फर्किने निधो गरे । घर आउदै गर्दा बाटोमा उनको यहि पुस २४ गते निधन भएको हो ।

भिम बहादुरको निधन भएसँगै अहिले परिवारमा आर्थिक समस्याको चटारो परेको छ । नेपाल फर्किएको उनको परिवार यहाँ घर नहुँदा त्रिपाल टाँगेर बस्न बाध्ये भएको श्रीमती लाली डाँगीले बताइन् ।

उनले भनिन्, ‘१० बर्ष अघि झुपडी घर थियो, श्रीमानको उपचारको लागि सबै त्यागेर भारत गयौं, उपचारमा पैसा नपुगेर उहाँको मृत्यु पनि भयो । अहिले यहाँ आएपछि घरपनि भत्कीएछ । पैसा पनि कत्ती छैन् ।’

आर्थिक अवस्था कमजोर भएपछि भिम बहादुरको दाहासंस्कारको लागि स्थानीयबासी काँग्रेस बागचाैर कार्य समिति सचिव दिपेश डिसीले ३ हजार सहयोग गरेका छन् । त्रिपालमा बसेपनि तत्कालको लागि गाउँकै स्कुलको एउटा खाली कोठामा उक्त परिवारलाई बसाल्ने व्यवस्था मिलाइएको उनले बताए । त्यस्तै गाउँलेहरुले श्रमदान गरेर र सहयोग उठाएर उनको घर बनाइदिने पनि बताएका छन् । सहयाेग गर्न चाहानेले ९८१९५०८७२२ मा सम्पर्क राख्न सकिनेछ ।

प्रकाशित मिति : २०७६ माघ ८ गते बुधवार