भोलि शुक्रबार बाट तुलसीपुर महोत्सव सुरु


माघ , दाङ ।तुलसीपुर महोत्वसको सम्पूर्ण तयारी पुरा भएको आयोजकले बताएको छ। आज  महोत्सव स्थलमै पत्रकार सम्मेलनगरि सम्पूर्ण तयारी भएको जानकारी गराएको हो । भोली १० गते तुलसीपुरको बसपार्कबाट विहान १० बजे ¥याली सुरु हुने छ । झाँकीजुलुस सहित सुरु हुने विभिन्न संघसंस्थाको ¥याली तुलसीपुर बजार परिक्रमा गरेर तुलसीपुरको घोराही रोडको उत्तर तर्फ रहेको महोत्सव स्थलमा पुगेर सभामा परिणत हुने पत्रकार सम्मेलनमा जानकारी गराएको थियो ।

त्यसैगरी पर्यटन मन्त्री योेगेश भट्टराईलाई तुलसीपुर स्थीत टरिगाँउ एरपोर्टको प्रभाबकारी सञ्चालन र ब्यबस्थापनको माग गर्दै १२ सय ५० मिटर लामो कपडामा हस्ताक्षर र १ सय १९ पेजको ज्ञापन पत्र बुझाईने भएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघले आयोजना गरेको तुलसीपुर महोत्सवको उद्घाटन कार्यक्रममा भोली बिहीबार आउन लागेका मन्त्री भट्टराईलाई टरीगाँउ एरपोर्टको नियमीत हवाईसेवा सञ्चालन, ईन्धन डिपो स्थापना र धावनमार्ग स्तरन्नोतिको माग गर्दै हस्ताक्षर र ज्ञापन पत्र बुझाउन लागिएको तुलसीपुर उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष बिमल रिजालले जानकारी दिनुभएको छ ।

तुलसीपुर उद्योग बाणिज्य संघले टरीगाँउ एरपोर्ट सञ्चालनका लागि २०६४ सालदेखि दवावमुलक कार्यक्रम गर्दै आएको उनले बताएका छन । हाल सम्म ५ जना प्रधानमन्त्री तथा पूर्बप्रधानमन्त्री,१२ जना बिभागिय मन्त्री,३० जना अन्य मन्त्री र शिर्ष नेता, मन्त्रालय, बिभागका बिशिष्ठ श्रेणिका कर्मचारी गरि १४ जनालाई पटक पटक ज्ञापन पत्र बुझाईएको उहाले जानकारी दिनु भएको छ ।

प्रकाशित मिति : २०७६ माघ ९ गते बिहिवार