माघ ११, सल्यान । गैरसरकारी संस्था महासंघ नेपाल जिल्ला शाखा सल्यानको अध्यक्षमा दिपेन्द्र कुमार शाही निर्वाचित भएका छन् । शुक्रबार सम्पन्न महासंघको छैटौँ जिल्ला अधिवेशन तथा १३ औँ साधारण सभाले शाहीको अध्यक्षतामा १७ सदस्यीय नयाँ जिल्ला कार्य समिती सर्वसम्वत रुपमा निर्वाचित गरेको हो ।
जसको उपाध्यक्षमा सन्तोष विक, सचिवमा तप्त बहादुर सेजवाल, सहसचिवमा गुमानसिंह नेपाली र कोषाध्यक्षमा एलिना डिसी रहेका छन् । यस्तै सदस्यहरुमा बिजय शरण आचार्य, मानसिंह विक, रमेश भण्डारी, शिवलाल डाँगी, जितेन्द्र बिक्रम डाँगी, केशरी श्रेष्ठ, आसा शाही, तुलसा कुमारी रावत, बम बहादुर केसी, नवराज वली, घनश्याम गिरी र एलिसा डिसी निर्वाचित भएका छन् ।
निर्वाचित अध्यक्ष शाहीले गैरसरकारी संस्थाहरुको हितको लागी सबै क्षेत्र सँग सहकार्य गरेर अगाडी बढ्ने उद्घोष गरेका छन् । अधिवेशनकाे उद्घाटन कार्यक्रममा महासंघका केन्द्रीय सचिव डिल्लु घिमिरे, नेकपा प्रदेश सदस्य लाेक बहादर डाँगी, महासंघका प्रदेश इन्चार्ज खिम बहारदुर शाही, अध्यक्ष हरि घिमिरे लगाएतकाे सहभागीता रहेकाे थियाे । निवर्तमान संयाेजक रेशम डिसीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन साेविता बस्नेतले गरेकी थिइन् । कार्यक्रममा उपस्थित अतिथीहरूलाइ केन्द्रिय सदस्य तथा पुर्व जिल्ला अध्यक्ष दिपेन्द्र प्रकाश डिसीले मायाकाे चिनाे प्रदान गरेका थिए ।