माघ ११,काठमाडाैं । साइकल चलाएमा क्यान्सर जस्तो गम्भीर रोगबाट समेत बच्न सहायता सक्छ । हालै गरिएको एक शोधबाट यस्तो पत्ता लागेको हो । शोधका अनुसार नियमित रुपमा साइकल चलाएमा मुटु रोग तथा कम उमेरमा नै हुने मृत्युबाट समेत बचाउँछ ।
शोधकर्ताले बताएअनुसार साइकलको यात्रा गर्नु पैदल गर्नुभन्दा पनि लाभदायी हुन्छ । नियमित साइकल प्रयोग गरेमा क्यान्सरको खतरा ४५ प्रतिशत र मुटु रोगको खतरा ४६ प्रतिशतले कम हुन्छ । उता पैदलमार्फत यात्रा गरेमा मुटु रोगको खतरामा २७ प्रतिशतले कम गराउँछ ।
साथै यी रोगहरुबाट बिरामीको ज्यान जान सक्ने खतरामा ३६ प्रतिशतले कमी गराउँछ । पैदलमार्फत यात्रा गरेमा क्यान्सरको आशंकामा कमी ल्याउँछ ।