असल क्षेत्रीका परिवार भन्छन् ‘पटकपटक प्रहरी घरमा आएर हामीलाई मानसिक यातना दिन्छ’


माघ १३, सल्यान । सरकारद्वारा प्रतिबन्धीत नेत्र विक्रम चन्द विप्लव नेतृत्वकाे नेकपाका केन्द्रिय सदस्य चन्द्र बहादुर खड्का ‘असल क्षेत्री’का घरमा पटकपटक प्ररही गएर मानसिक यातना दिएकाे उनकाे घरपरिवारले बताएकाे छ ।

असल घरमा नभएकाे धेरै समय भएकाे र प्रहरी बेलाबेला गएर आफुहरुलाई मानसिक तनाव दिने गरेकाे असलकी आमा माेति खड्काले बताइन् ।

उनले भनिन् ‘छाेराे घर नआएकाे धेरै भयाे, प्रहरी प्रत्येक हप्ता यहाँ आएर हामीलाइ मानसिक तनाव दिन्छ । घर खानतलासी गर्दै हामीलाइ असल कहाँ छ भन भन्छन् । कागज देखाउदै हस्ताक्षर गर भनेर धम्की दिन्छन् । एकदुइचाेटी मात्रै हाेइन्, प्रहरीले यहाँ आएर हामीलाइ टचर दिन थालेकाे धेरै भयाे ।’ उनले घरमा शान्तिसँग बसेका आफुहरूलाइ टचर नदिन प्रशासनसँग आग्रह गरेकी छन् ।’

यता प्रहरीले भने असल माेस्ट वान सुचिमा भएकाे र माथीकाे आदेश अनुसार आफुहरूले खाेजिरहेकाे प्रतिकृया दिएकाे छ ।

असल घर आएकाे बेलाबेला सुचना आउने गरेकाे र त्यहिअनुसार बेलाबेलामा आफुहरू घर जाने गरेकाे प्रहरी जिल्ला प्रहरी कार्यालय सल्यानकाे जवाफ छ ।

प्रकाशित मिति : २०७६ माघ १३ गते सोमवार