माघ २०, सल्यान । सल्यानको शारदा नगरपालिकामा दोस्रो राष्ट्रपति रनिङ शिल्ड सुरु भएको छ । दुईदिनसम्म संचालन हुने शिल्डको सोमबार खलंगाको लुहापिङ मैदानमा उद्घाटन गरिएको हो ।
नगर भित्रका १५ वटा मावि विद्यालयहरुले खेलमा सहभागीता जनाएको नगर शिक्षा संयोजक तिलाधर बपालले बताए । उनकाअनुसार शिल्ड खेलहरुमा छात्रछात्रा भलिबल, दौड, हाइजम्प, लम्जम्प, त्रिपलजम्प, ज्याभिलिङ, तेकान्दो, कपडी लगाएतका रहेका छन् ।
शिल्डको उद्घाटन कार्यक्रममा जिल्ला समन्वय समिती सल्यानका प्रमुख केश बहादुर विष्ट, उपप्रमुख हरि बहादुर बुढाथोकी, शारदाका मेयर सुरेश अधिकारी, उपप्रमुख सावित्रा बस्नेत, काँग्रेस जिल्ला सभापती गणेश चन्द लगाएतको उपस्तिथी रहेको थियो ।