कोरोना भाइरल : चीनमा एकैदिन ६५ जनाको मृ*त्यु, मृतकको कुल संख्या कति पुग्यो ?


माघ २२, बेइजिङ । चीनमा कोरोना भाइरसको कारण मृ*त्यु हुनेको संख्या ४ सय ९० पुगेको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगले कोरोना भाइरसका कारण चीनमा मंगलबार मात्रै ६५ जनाको मृ*त्यु भएको जनाएको छ ।

बुधबार बिहानसम्मको तथ्यांकअनुसार चीनमा मात्रै कोरोना भाइरसका कारण ४९० जनाको मृ*त्यु भइसकेको छ । त्यस्तै हङकङ र फिलिपिन्समा एक–एक जनाको मृ*त्यु भएको छ ।

मंगलबार मात्रै थप ३ हजार ९ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । बुधबार बिहानसम्म चीनमा २४ हजार ३ सय २४ जनामा कोरोना भाइरस संक्रमणको पुष्टि भएको छ ।

चीनको हुबेई प्रान्तबाट सुरु भएको कोरोना भाइरसको संक्रमण विश्वका करिब दुई दर्जन मुलुकमा फैलिइसकेको छ । चीनबाहिर झन्डै १८० जनामा यसको संक्रमण देखिएको छ । त्यस्तै चीनले कोरोना भाइरस संक्रमितमध्ये ९११ जना निको भएको जनाएको छ ।

प्रकाशित मिति : २०७६ माघ २२ गते बुधवार