माघ २३, सल्यान । शारदा नगरपालिका १४ र १५ लाइ लक्षीत गरी बिहीबार पहिलो पटक बस पुगेको छ। सल्यान शारदा यातायात प्रा.ली को लु १ ख ७५१७ नम्बरको गाडी बिहीबार श्रीनगर देखि बरला बजार हुदै माल्नेटा ठारढुगां हुदै शारदा नगरपालीका १५ हरले सम्म पुगेको हाे ।
पहिलो पटक बस पुगदा ठारढुगांमा नियमित गाडी संचालनमा आएपछि वडा १४ वडा अध्यक्ष कृष्ण गिरी र १५का वडा अध्यक्ष हेमेन्द्र बाबु’ सेजवलले रीबन काटेर स्वगत गरेका थिए भने स्थानीय बासीन्दाले खुसी भएर फुलमाला लागाएर गाडी चालक र सहचालकलाइ स्वगत गरेका थिए।
पहिले निजि गाडी संचालनमा आएपनि सार्बजनिक गाडी भने आजदेखी संचालनमा आएको छ । अब देखि दैनिक संचालन हुने गाडी हरलेबाट बिहान ९ बजे श्रीनगरका लागि छुट्ने उक्त गाडी श्रीनगरबाट दिउसो ३ बजे छुट्नेछ।
यात्रुलाइ सहज होस भन्ने उदेश्यले भाडादर समेत तोकिएको छ। श्रीनगर देखि माल्नेटा ठारढुगां सम्म १ सय र श्रीनगर देखि हरले सम्म १ सय २० रूपाैयाँ भाडादर तोकिएको छ । अबदेखि स्थानीय बासील्दालाइ बाजार दैनीक आवतजावत गर्न, सामान ओसारपसार गार्न सहज हुनेछ