माघ २३, सल्यान । सल्यानको बागचौर नगरपालिकामा नेपाल घरेलु तथा साना उद्योग महासंघ सल्यानको शाखा गठन गरिएको छ । बागचौर नगरपालिका भित्र समिती हुनेगरी खिम बहादुर केसीको अध्यक्षतामा नगर शाखा गठन गरिएको हो ।
बिहीबार गठन गरिएको समितीको वरिष्ठ उपाध्यक्षमा मिनराज बस्नते, उपाध्यक्षमा झक्कु बस्नेत, महासचिव टोप बहादुर डाँगी, कोषाअध्यक्ष कमला डाँगी ओली र सदस्य ओक बहादुर ओली रहेका छन् । त्यस्तै बागचौर नगर शाखाबाट प्रदेश कमिटीमा बल बहादुर भण्डारी र कृष्ण प्रकाश केसीलाई चयन गरिएको छ ।
महासंघका सल्यान जिल्ला अध्यक्ष बिरेन्द्र प्रकाश भण्डारीको अध्यक्ष तथा बागचाैर २ का कार्यबहाक वडा अध्यक्ष टाेप बहादुर डाँगीकाे प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा जिल्ला स्थित घरेलु तथा साना उद्योग महासंघमा आवद्ध सदस्यहरुको सहभागीता रहेको थियो । नवगठित बागचौर शाखाले उद्योगी व्यवसायीहरुको हक हितको लागि काम गर्ने जनाएको छ ।