खानेपानीकाे धारामा रक्सी आएपछि…


माघ २४, भारत । भारतको केरलास्थित त्रिसुर जिल्लामा रहेको सोलमन एभेन्युको अपार्टमेन्टमा अचानक धाराबाट रक्सी आउन थाल्यो । यो खबर जंगलमा आगो फैलिएजस्तै फैलियो कि पानीको ट्यांकीमा कसैले रक्सी मिसाइदियो ।

यस खबरलाई सुनेर मानिसहरु अचम्ममा पर्न थाले । छिमेकीले एक–अर्काका घरको जाँच गर्दा पत्ता लाग्यो कि जम्मा १८ घरको धाराबाट रक्सी आइरहेको छ । मिडिया रिपोर्ट अनुसार धाराबाट पानीको सट्टा रक्सी आउनुको कारण आबकारी विभागले ४ हजार ५ सय लिटर बरामद गरिएको रक्सी एक खाल्डोमा फ्याँकेका थिए ।

उनीहरुलाई यो कुराको अनुमान नै थिए न की उक्त रक्सी बगेर नजिकैको कुवामा जानेछ । उक्त कुवा सोलमन एभेन्युका मानिसहरुले पिउने पानीको स्रोत रहेको छ । जोशी मालियेकनले सबैभन्दा पहिले धारामा रक्सी आएको चाल पाएका थिए ।

उनले धारामा खैरो रंगको पानी आएको देखे । उनलाई सुरुमा लागेको थियो पाइपलाईनमा कुनै खराबी छ । तर पछि उनलाई थाहा भयो, धाराबाट रक्सी आईरहेको छ । यसका साथै उक्त कुवालाई ८ पटक भन्दा बढी सरसफाई गरिसकेको छ ।

प्रभावित मानिसहरुलाई चालकुडी नगर निगमले खानेपानीको व्यवस्था मिलाएको छ । उक्त निगमले प्रदुषित पानी नपिउन पनि आग्रह गरेको छ ।

-एजेन्सी

प्रकाशित मिति : २०७६ माघ २४ गते शुक्रवार