अमेरिकाविरुद्ध ब्याटिङ गर्दै नेपाल


माघ २५, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत नेपालमा भइरहेको त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले आज अमेरिकासँग खेल्दैछ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय मैदानमा हुने खेलमा अमेरिकाले टस जितेर पहिले फिल्डिङ रोजेको छ ।

नेपाली टिममा आज दुई खेलाडी परिवर्तन गरिएको छ । शरद भेषवाकर र रोहित कुमार पौडेलको स्थानमा आज सुवास खकुरेल र कुशल मल्ल पहिलो रोजाइमा परेका छन् ।

आजको खेलमा कुशल मल्लले नेपाली राष्ट्रिय टोलीका लागि डेब्यु गर्ने भएका छन् । उनले आईसीसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक सिरिज अन्तर्गत डेब्यु गरेका हुन् । कुशललाई नेपाली राष्ट्रिय टोलीका साहायक प्रशिक्षक जगत टमाटाले डेब्यु क्याट दिएका हुन् ।

त्यस्तै नेपाली टोलीका सुवास खकुरेलले कमब्याक गर्ने भएका छन् । त्यस्तै रोहित कुमार पौडेलको स्थानमा कुशल मल्लले खेल्ने भएका हुन्  । आजको खेलमा अमेरिकालाई हराउँदै नेपाल अंक तालिकामा दुई अंक जोड्दै आफूलाई बलियो बनाउँने योजनामा छ । पहिलो खेलमा ओमानसँग १८ रनले पारजित भएको नेपाललाई विश्वकपको आशा जोगाई राख्न आजको खेल जित्नै पर्ने दबाब छ ।

हाल सम्मको नतिजा हेर्ने हो भने नेपाल अमेरिका सामू बलियो बन्दै आएको छ । हालसम्म नेपाल र अमेरिका ११ पटक एकदिवसीयमा आमने सामने भएका छन् । जसमा नेपालले ५ पटक जितेको छ भने अमेरिकाले ३ खेल जितेको छ । ३ खेल भने नतिजा विहिन भएका छन् ।

आजको खेलमा नेपाली टोलीका विकेट किपर तथा ओपनर ब्याट्म्यान सुवास खकुरेलले नेपाली टोलीमा झण्डै १४ महिना पछि कम ब्याक गर्दैछन् । सुवास अमेरिकाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीमा पर्दछन् । उनी अमेरिकाविरुद्ध शतक प्रहार गर्ने एक्लो नेपाली खेलाडी पनि हुन् ।

उनले सन् २०१२ मा मलेसियामा भएको डिभिजन चारमा नेपालले अमेरिकालाई पराजित गर्दा सुवासले शतक प्रहार गरेका थिए । सुवासले अमेरिकाविरुद्ध ५ खेलमा २३५ रन बनाएका छन् ।

प्रकाशित मिति : २०७६ माघ २५ गते शनिवार