प्रधानमन्त्री ओली असहज महसुस गरेपछि आराम गर्दै


माघ २६, काठमाडौं । मिर्गौलाले प्राकृतिकरुपमा काम गर्ने क्षमतामा कमी भएपछि नियमित डायलाइसिस गरिरहेका प्रधानमन्त्रीलाई चिकित्सकहरुले आराम गर्न सुझाएका छन्।  गत कात्तिकदेखि नियमित डायलाइसिसमा रहेका प्रधानमन्त्री ओलीले पछिल्लो समय साताको शनिबार त्रिवि शिक्षण अस्पतालमा नियमित डायलाइसिस गर्दै आएका छन्। पछिल्लो पटक ओलीले हिजो (शनिबार) डायलाइसिस गराएका थिए। त्यसपछि चिकित्सकहरुले उनलाई धपेडी हुने काम नगरी आराम गरेर बस्न सुझाएका छन्।

डायलाइसिस सुरु गरेपछि चिकित्सकहरुले यसअघि नै पर्याप्त आराम गर्न सुझाव दिए। तर उनले वास्ता नगरी एक घण्टा भन्दा लामा भाषण गरिरहेका छन्। आरामका लागि समय नछुट्याएर राजनीतिक र व्यक्तिगत भेटघाटमा दौडधुप गर्न थालेपछि प्रधानमन्त्री ओलीमाथि चिकित्सकहरले निगरानी बढाएका हुन्।

शनिबारको डायलाइसिसका क्रममा केही असहज महसुस गरेपछि प्रधानमन्त्रीलाई चिकित्सकहरु आइतवार दिनभर आराम गर्न सुझाव दिएका छन्। हरेक शनिवार शिक्षण अस्पतालमा नियमित डायलाइसिस गरेर ओली त्यही राति बालुवाटर फर्किने गरेका छन्। उनी एक त्यही दिन आराम गरेर आइतवारदेखि नै नियमित काममा फर्कने गरेका थिए। तर यो पटक भने ओलीलाई चिकित्सकहरुले दिनभर आराम गर्न सुझाव दिएका छन्।

उनले आजका पूर्वनिर्धारित केही कार्यक्रम सहभागी हुने योजना पनि रद्द गरेका छन्। प्रधानमन्त्रीका निजी चिकित्स वरिष्ठ फिजिसियन डा. दिलिप शर्माका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समस्या देखिएको छैन। तर हिजो डायलाइसिस गरेकाले प्रधानमन्त्रीले आराम गर्न जरुरी छ। उनलाई आइतवार दिनभर बालुवाटारमै आराम गर्न सुझाव दिएको बताए। उनले भने ‘ केहीसमस्या छैन तर उहाँलाई पहिलेको भन्दा अलि आराम गर्नु पर्ने देखिएकाले आराम गर्न सुझाव दिएका छौँ।

‘ एक पटक डायलाइसिस गर्दा करिब ४/५ घन्टा लाग्ने र डायलाइसिस् गरिरहदा शरिरमा धेरै खालका संक्रमण देखिने हुदाँ बिरामीले सहज महसुस नगर्दा चिकित्सको निगरानीमा राखेर आराम गर्नु पर्ने भएकाले आज प्रधानमन्त्रीलाई अघि पछिको भन्दा अलि आराम गर्न सुझाव दिएको बताइएको छ ।

प्रकाशित मिति : २०७६ माघ २६ गते आइतवार