टिका प्रसाईको आफ्नै शब्द संगीतमा ‘नसकिने भो’ सार्वजनिक (भिडियो सहित)


राजन के.सी./ माघ, २८ दाङ । लोकप्रिय गायिका टिका प्रसाई र गायक लेखराज गुरुङको सुमधुर स्वरमा रहेको ‘नसकिने भो’ बोलको म्युसिक भिडियो सार्वजनिक भएको छ ।

टिका प्रसाईको आफ्नै सब्द संगीतमा रहेको गितमा उदय राज पौडेलको एरेन्ज सरोज अधिकारी र आस्मा विश्वकर्माकाे अभिनय रहेकाे छ । त्यस्तै बालकलाकारमा आर्शिना भट्टराई र संस्कार गुरुङलाई फिचर गरिएको छ ।

ज्ञानेन्द्र शर्मा हुमागाईंले छायांकन गरेको यस गीतमा गम्भीर विष्टको निर्देशन र कोरियोग्राफी रहेको छ । गीतको भिडियो ओएस.आर.डिजिटलको युट्युबबाट सार्वजनिक भएको हो ।

भिडियाे

प्रकाशित मिति : २०७६ माघ २८ गते मङ्गलवार