‘भ्यालेन्टाइन डे’मा नेपालमा मात्रै डेढ लाख फूलको कारोबार हुने


माघ २९, काठमाडौं । यस बर्षको प्रणय दिवस (भ्यालेन्टाइन डे) मा फुलको कारोबार बढ्ने देखिएको छ । विश्वभर आपसमा उपहार साटासाट गरी मनाइँने प्रणय दिवसको अवसरमा फूलको कारोबार बढ्ने अनुमान गरिएको जनाइएको छ ।

यस बर्ष फूलको कारोबार बढ्ने अनुमान गरिए पनि चहलपहल भने त्यती नदेखिएको जनाइएको छ । यस बर्षको प्रणय दिवसको अवसरमा डेढ लाख फूलको कारोबार हुने अनुमान गरिएको व्यवसायीले जनाएका छन् ।

गएको बर्षको प्रणय दिवसमा भने डेढ करोड रुपैयाँ बराबरको फूल कारोबार भएको थियो । यस बर्ष विदेशबाट फूल आयातमा पनि कमी आएको जनाइएको छ ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार