कामदारले किन गरे पूर्व’सचिव कार्कीकी पत्नीकाे ह’त्या ? प्रहरी अनुसन्धानबाट यस्ताे खुल्याे


माघ २९, काठमाडौं । पूर्व’सचिव अर्जुन का’र्कीकी पत्नी मुना कार्कीको ह*त्या उनकै घरका कामदारको क्षणिक आवेशबाट भएको खुलेको छ । सानेपास्थित आफ्नै घरमा काम गर्ने दाङका वि’जय चौधरीले प्लास्टिकको पिर्काले हा’नेर मु’नाको ह*त्या गरेको प्रारम्भिक अनुसन्धानबाटै खुल्न आएको प्रहरीले जनाएको छ । प्रहरीले ह*त्यालाई चौधरीको क्षणिक आवे’शको परिणामका रूपमा विश्लेषण गरेको छ ।

महानगरीय प्रहरी कार्यालय रानीपोखरीका अनुसार हालसम्मको अनुसन्धानबाट हत्यामा तेस्रो व्यक्तिको संलग्नता देखिएको छैन । महानगरीय प्रहरी कार्यालयका प्रवक्ता एवं एसएसपी श्यामलाल ज्ञवालीले हालसम्मको अनुसन्धान र प्राप्त प्रमाणका आधारमा तेस्रो व्यक्तिको संलग्नता पुष्टि हुने आधार नभेटिएको बताए ।

‘चौधरीले नै ह*त्या गरेर आफूले समेत आ’त्मह’त्या गरेको देखिएको छ, घटना भएको समयमा तेस्रो व्यक्तिको उपस्थिति रहेको अवस्था देखिँदैन,’ प्रवक्ता ज्ञवालीले भने । प्रहरीले घटनाको भरपर्दो प्रमाणका रूपमा कार्कीको घरमा राखिएको सीसीटीभी फुटेजलाई आधार मानेर विभिन्न कोणबाट अनुसन्धान भइरहेको जनाएको छ । सीसीटीभी फुटेजमा कामदार चौधरीले आ*त्मह*त्या गरेको भनिएको स्थान कैद नभए पनि अन्य कुनै व्यक्तिको उपस्थिति नरहेको अनुसन्धानले देखाएको छ ।

कार्कीलाई सोमबार बिहान निवासभित्र चो’टपटक लागेको र र’क्ता’म्मे अवस्थामा फेला पारिएको थियो । पूर्व’सचिव कार्की बाहिर गएको र घरमा कोही नभएको अवस्थामा ह*त्या भएको थियो ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार