• २०७७ मङ्सिर ११ गते बिहिवार
  • Preeti To Unicode

अमेरिकामाथि नेपालको कीर्तिमानी विजय


माघ २९, काठमाडौँ । आइसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले अमेरिकाविरुद्ध शानदार जित हासिल गरेको छ । बुधबार त्रिवि क्रिकेट मैदानमा भएको खेलमा नेपालले अमेरिकालाई ८ विकेटले पराजित गरेको हो ।

कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा जारी खेलमा नेपालको जितका लागि पारस खड्काले १२ बलमा २० रन र उपकप्तान दीपेन्द्रसिंह ऐरीले ११ बलमा १५ रन बनाए। अमेरिकाले दिएको ३६ रनको लक्ष्य पछ्याएको नेपाललाई पनि अमेरिकी बलरले सुरुमा कडा झड्का दिए । दोस्रो ओभरमा नेपालका दुवै ओपनर आउट भए ।

त्यसैगरि ज्ञानेन्द्र मल्ल ५ बलमा १ रन र सुवास खकुरेल ४ बलको सामना गर्दा शुन्य रनमै आउट भए। नेपालले टस जितेर पहिले फिल्डिङ राजेपछि अमेरिका ब्याटिङ गरेको अमेरिकाले १२ ओभरमा सबै विकेट गुमाएर ३५ रन बनाएको थियो।

नेपालका सन्दीप र सुशन भारी चम्किएपछि अमेरिका ३५ रनमै अलआउट भयो। सन्दीपले ६ र भारीले ४ विकेट लिए।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार