सल्यानमा महोत्सवको उद्घाटन गर्न हेलिकप्टरमा आए मुख्यमन्त्री शाही (फोटो फिचर)



माघ २९, सल्यान । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र बहादुर शाही सल्यान श्रीनगरमा संचालित प्रादेशिक महोत्सवको उद्घाटन गर्न हेलिकप्टरमार्फ आएका छन् ।

सल्यान उद्योग वाणिज्य संघले माघ २९ गतेदेखि फागुन ११ गतेसम्म संचालन गर्न लागेको प्रादेशिक कृषि, पर्यटन, उद्योग, व्यापार तथा संस्कृतिक महोत्सवको उद्घाटन गर्न मुख्यमन्त्री शाही बुधबार दिउँसो पौने ३ बजे नेपाली सेनाको हेलिकप्टरमार्फत आएका हुन् ।

सुर्खेतबाट हेलिकप्टरमा आएका उनले महोत्सवको उद्घाटन समेत गरेका छन् ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार