दर्शक भेट्न लमही आउँदै महानायक


देबेन्द्र बस्नेत/माघ,२९ दाङ – स्टेजमा उक्लँदा दर्शक दिर्घामा ‘क्राउड’ जन्मन्छ । उमेर बढ्दै गएपनि बर्षौँ अघि सम्म पर्दामा देखिएकै तन्नेरी शरिर । फिल्मका ‘डायलग’ हान्यो कि दर्शक दिर्घामा एकसेएक ‘सिटिमार’हरु उब्जन्छन् । राजेश हमाल फिल्मी डायलगमा मात्रै सिमित रहँदैनन् । उनको स्टेज आगमनको अर्को उदेश्य भनेको दर्शकसंगको आत्मीय भेट हो ।

फिल्मी डायलग पछि उनि दर्शकसम्मै पुग्छन् । अनि दोहोरो संवाद गर्छन् । संक्षिप्त दोहोरो संवद पछि लाग्छन् मनोरन्जन प्रदान गर्न । कम्मर मर्काएर स्टेजमा नाच्ने हमालले आफ्ना दर्शकहरुलाई आफ्ना फिल्मले मनोरन्जन दिएजस्तै भरपुर मनोरन्जन प्रदान गर्न उद्धत बन्छन् । महानायक राजेश हमालसंगको प्रत्यक्ष संवाद दर्शकहरुका लागि उत्तिकै प्रिय । अनि त राजेश हमालसंगको यहि भेटका कारण पनि उनको आगमनमा दर्शकहरुको घुईँचो लाग्छ ।

नेपाली फिल्मी क्षेत्रमा लामो समय एकछत्र राज गरेका राजेश हमाल अहिले मेला महोत्सवमा निकै व्यस्त छन् । फिल्मी पर्दामा मात्रै दर्शकको मन मस्तिष्कमा बसेका महानायक हमाल प्रत्यक्ष दर्शकसंगको भेटका लागि यस्ता मेला महोत्सवलाई अवसरका रुपमा प्रयोग गर्छन् । उनै हमाल देउखुरीका बासिन्दासंग आत्मिय भेट गर्न लमही आउँदै छन् ।

लमहीमा जारी पर्यटन प्रवर्धन तथा औद्योगिक कृषि महोत्सवको छैठौँ दिन विहिवार हमाल दर्शकहरुसंगको भेटका लागि आउने भएका हुन् । महोत्सवमा आउने दर्शकहरुसंग उनले विहिवार उसैगरि संक्षिप्त भलाकुसारी गर्ने छन् । अनि उसैगरि स्टेजमा कम्मर मर्काई मर्काई नाच्ने छन्।

नेपाली चलचित्रका महानायक राजेश हमालसंगको प्रत्यक्ष संवाद तथा उनको प्रस्तुती हेर्नका लागि देउखुरी बासीका लागि विहिवारको दिन ठूलो अवसर रहेकाले महोत्सव आयोजक लमही चेम्बर अफ कमर्शले सबै देउखुरीबासीहरुमा अनुरोध गरेको छ ।

उनिसंगै लोकगायक चन्द्र शर्माको प्रस्तुती पनि रहने छ भने ढाकाराम पौडेलले पनि दर्शकलाई मनोरन्जन दिने छन् । यसैगरि महोत्सवको पाँचौँ दिन वुधवार रमेश राज भट्राई, रीता केसी लगाएतका कलाकारहरुले दर्शक नचाएका थिए ।

प्रकाशित मिति : २०७६ माघ २९ गते बुधवार